परिचय:
घरेलु तथा साना उद्योग कार्यालय, रोल्पा लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, मातहातको कार्यालय हो। यस कार्यालयले घरेलु, साना तथा मझौला उद्यमहरू र वाणिज्य फर्महरुको दर्ता, नवीकरण, सिफारिस, अनुगमन, प्रवर्द्धन तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रमहरू र वाणिज्य प्रवर्धन लगाएका कार्यहरु संचालन गर्दै आएको छ।
नेपालमा संघीय शासन व्यवस्था लागू हुनु अघि यो कार्यालय “घरेलु तथा साना उद्योग विकास समिति, रोल्पा” को नाममा सञ्चालनमा थियो। प्रदेश संरचना कार्यान्वयनसँगै वि.सं. २०७५ सालदेखि यस कार्यालयले “घरेलु तथा साना उद्योग कार्यालय, रोल्पा” नामबाट लुम्बिनी प्रदेश सरकारको मातहतमा रहेर औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको हो।
यो कार्यालय रोल्पा जिल्लाको सदरमुकाम लिवाङमा अवस्थित रहि जिल्लाका उद्योग व्यवसायको विकास, स्थानीय स्रोत साधनको उपयोग, उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जनाका लागि क्रियाशील छ। उद्योग दर्ता, वाणिज्य फर्म दर्ता, नविकरण, आवश्यक सिफारिस, सीपमूलक तालिम आयोजना, प्राविधिक परामर्श, अनुगमन तथा अनुदान कार्यक्रमहरू सञ्चालन यस कार्यालयका प्रमुख कार्यहरू हुन्। यस कार्यालयले नागरिक–मैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रदान गर्दै जिल्लाको समावेशी आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ।